५ असार २०८३, शुक्रबार

बाँकेमा लागुऔषध अफिम सहित एक जना प्रहरी नियन्त्रणमा

एसीपी संवाददाता

२ श्रावण २०७७, शुक्रबार १३:२२ मा प्रकाशित

बाँकेमा लागुऔषध अफिम सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका २ मा रहेको एलवि गेष्ट हाउसबाट अफिम सहित भागीलाल पुनलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको हो । लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको सयुक्त टोली जागरकोट नलगाड नगरपालिका १ घर भई हाल कोहलपुर नगरपालिका २ आनन्द नगर बस्ने ४२ बर्षिय भागिलाल पुनलाई ४ केजी १७४ ग्राम अफिम सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थप अनुसन्धानका लागि प्रहरीले पुनलाई इलाका प्रहरी कार्यलय कोहलपुरमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x