५ असार २०८३, शुक्रबार

सिमित बजेट भित्रै योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष शाह

एसीपी संवाददाता

२७ असार २०७७, शनिबार १४:२७ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ ले शनिवार वडा भेला आयोजना गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएका छन् ।
करिव ९४ लाखको बजेट सिलिङ्ग पाएकाले गत बर्षको भन्दा कम बजेट सिलिंग पाएकाले सिमित बजेट भित्रै योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष बिरन्द्रबहादुर शाहले बताउनुभयो । विकासका लागी वडामा गठन भएका टोल विकास समिति मार्फत योजना छनौटको काम भईरहेको उहाँले कार्यक्रममा जानकारी दिनु भयो । पुँजिगत योजनाबाट कटौति गरेर कोरोना भाईरस संक्रमण नियन्त्रणमा १२ लाख ५० हजार रकम छुट्याईएको समेत उहाँले जानकारी गराउनुभएको थियो । छुट्याईएको उक्त रकममा ९ लाख बराबरको रकम खर्च भइसकेको बताइएको छ । चालु आर्थिक बर्ष २०७६÷०७७को आय व्ययको विवरण वडा सचिव मदनबहादुर रावतले भेलामा पेश गर्नु भएको थियो । नगरपालिकाले वडाको बजेट सिलिङ्ग उपलब्ध गराएसँगै वडाले वडा भेला आयोजना गरेको हो । कार्क्रममा नेकपाका स्थानीय सहभागी मुखबहादुर शाहले योजना छनौटमा वडावासीहरुका समस्याका बारेमा ध्यानाकर्षण गराउनु भएको थियो । कोभिड १९ को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम गरिएको थियो । भेलामा विभिन्न राजनीतिक दलका प्रतितिनिधहरु,सर्वसाधारण र विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x