१३ आश्विन २०८३, मंगलवार

नेपाली जन सम्पर्क समिति साउदी अरबले स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ८ औं स्मृति दिवस मनायो

एसीपी संवाददाता

१८ असार २०७७, बिहीबार ०४:५५ मा प्रकाशित

नेपाली जन सम्पर्क समिति साउदी अरबले स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ८ औं स्मृति दिवस मनाएकाे छ । हिजाे साे अबसरमा कोईरालालाई सम्झना गर्दै साउदीकाे रियादमा स्मृति कार्यक्रम सम्पन्न गरेको हाे।

समितिका सभापति दिपक रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा समितिका अन्य पदाधिकारीहरु लगाएत नेपाली काँग्रेस प्रति आस्थावान नेपालीहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम नेपाली राजनीतिका महानायक, इतिहासका शिखर पुरुष, शान्ति प्रकृयाका नेतृत्वकर्ता, नेपालका पूर्व प्रधानमन्त्री स्व. कोइराला देशमा पाँच पटक प्रधानमन्त्री भएका थिए ।

पछिल्लो समय देशमा रहेकाे १० वर्षे शशष्त्र द्वन्द्वलार्इ शान्ति प्रकृयामा ल्याउन स्व. काेर्इरालाकाे ठूलाे देन छ । देशमा शान्ति र संविधान निर्माण प्रकृयाका उनी सुत्रधार मानिन्थे । गिरिजाप्रसाद कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८५ वर्षको उमेरमा निधन भएको थियो । उहाँले आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर १० वर्ष देखिको जनयूद्धमा होमिएको माओबादीलाई शान्ति प्रकृयामा ल्याइ संसद पुनस्थापना गराई राजतन्त्रलाई अन्त्य गर्दै नयाँ संविधान मार्फत संघिय लोकतान्त्रिक गणतान्त्रात्मक नेपालको निर्माणमा अहम भूमिका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रममा समितिका सभापति दिपक रेग्मीले कोइराला प्रति श्रद्धासुमन अर्पण गर्दै गिरिजा प्रसाद कोइरालाको नेपाली राजनैतिक पृष्टभूमी, उहाँले अङगीकार गरेको सहमति, सहकार्य आजको वर्तमान परिपेक्षमा पनि उत्तिकै खाँचो रहेको बताउनु भयो । समितिका बरिष्ट उपाध्यक्ष अर्जुन (तुसाङ) थापाले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा दिएको योगदान र वर्तमान नेपाली राजनीतिको विषम परिस्थितिमा कोइरालाको अभाव महसुस भएको बताउदै उहाँ प्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

त्यस्तै समितिका कोषध्यक्ष द्धावरीका राज गिरी, प्रबक्ता अरुण बेलबासे, सह कोषध्यक्ष पदम प्रसाद पाँडे, खेलकुद समितिका संयोजक नारायण भट्टराई, केन्द्रीय सदस्य शरद कुमार शर्मा, सौरभ आचार्य लगाएत उपस्थिति सबैले स्वर्गीय कोइराला प्रति पुष्प गुच्छा सहित श्रद्धा सुमन अर्पण गरेका थिए ।

जनसम्पर्क समिति साउदी अरबका प्रथम उपसभापति नमराज लामिछानेले नेपाली काँग्रेसमा कोइरालाको योगदान, प्रजातान्त्रिक आन्दोलनमा भूमिका, माओवादी द्धन्द व्यवस्थापन, शान्ति प्रकृया, संघिय गणतन्त्र नेपालको पहिलो निर्वाचन लगाएतमा कोइरालाले खेल्नु भएको भूमिकाको स्मरण गर्दै स्वर्गीय कोइरालाका विचार र उनले देखाएको मार्ग आज पनि नेपाली काँग्रेस र वर्तमान राजनैतिक वृत्तमा उत्तिकै आवश्यक रहेको बताएका थिए । सभार २४ न्यूजपे्रसकम बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x