रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै बृहत र्याली

घोराही, ३ गते फागुन । रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै शुक्रबार देशका विभिन्न जिल्लामा बृहत र्याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो ।
उनिहरुले हातहातमा टिकापुरको भुठा मुद्दा खारेज गर, टिकापुर घट्ना राजनैतिक हो, निद्रोष थारु अगुवाहरु फसाउन पाइदैन भन्ने नारा लेखिएका प्ले कार्ड सहित तुलसीपुर बजारपरिक्रमा गरेका थिए । बजारपरिक्रमपछि कोणसभामा परिणत गर्दै थारु नेताहरुले सांसद रेशम चौधरी सहित ११ जना कैदीबन्दी निद्रोष रहेकोले उनिहरुलाई विना सर्तसहित रिहाइ गर्नुपर्ने बताएका माग गरेका छन ।
त्यसैगरि टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको माग गरेकाथिए । कोणसभामा थारु नेता दाङमा कोण सभालाई जनकलाल चौधरी, छोटीराम चौधरी, घनश्याम चौधरी लगायतले सम्वोधन गरेको थारु कल्याणकारिणी सभा क्षेत्र नं.३ का अध्यक्ष महेश थारु जानकारी दिए । थरुहट थारुवान सघर्स समितिका मनोज चौधरीको संयोजनमा र्यालीको निकालिएको थियो भने बाकेमा समेत प्रदर्शन भएको छ । यसै बिच कैलालीमा आमरण अनशन समेत शुरु भएको छ । आमरण अनशनबाट सरकार सम्झौतालाई कार्यन्वयन न गरेमा आम हडताल समेत कैलालीबाट बिग्याप्ती मार्फत सरकारलाई सचेत गराउदै बताएको छ ।

