५ असार २०८३, शुक्रबार

पायलटका कारण हल्लीयो राजस्थानको सरकार

एसीपी संवाददाता

२८ असार २०७७, आईतवार १६:२२ मा प्रकाशित

हल्लीयो राजस्थानको सरकार भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र उपमुख्यमंत्री सचिन पायलटबीच चलिरहेको मतभेद अब सरकार ढाल्ने सम्म पुगेको छ । केहि महिना आगाडी मध्यप्रदेशको सरकार काँग्रेसका नेता आदित्यराज सिधिंया भाजपा प्रबेश गरेर ढालेको जस्तै कथा राजस्थानमा शुरु भएको छ । उप मुख्यमन्त्री सचिन पायलटले अहिले विद्रोही दृष्टिकोण अपनाएका छन् ।

उनले भनेका छन कि उनी कंग्रेस विधायक पार्टीको बैठकमा भाग लिने छैनन र मेरो साथमा ३० जना बिद्यायक भन्दा बढि सम्पर्कमा रहेका छन् । व्यवस्थापिकाको बैठक भोली सोमबार बिहान हुनेछ । सचिन पायलट जयपुर आउँदैनन् ्। उनले कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीलाई समेट नभेटेर फर्किएकोले प्रदेश राजस्थानको सरकार सत्तासिन हुने या नहुने भन्ने अन्योलता बढेको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र उपमुख्यमंत्री सचिन पायलटबीच चलिरहेको मतभेद अब सरकार बदल्ने सम्म पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x