१२ असार २०८३, शुक्रबार

राम मन्दिर निर्माण कार्य आरम्भ अवसरमा ,बुधबार नेपालगंज त्रिभुवन चोकमा दिप प्रज्ज्वलन

एसीपी संवाददाता

२१ श्रावण २०७७, बुधबार १४:३२ मा प्रकाशित

श्याम शाहु नेपालगंज । बुधबार भारतको आयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा विश्व हिन्दू परिषद नेपाल र बिभिन्न संस्थाहरुले उत्सव मनाएको छ ।

भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै बुधबार नेपालगंजको त्रिभुवन चोकमा दिप प्रज्ज्वलन गरेको छ । कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दिपावली जस्ता कार्यक्रम घर घरमा गर्ने समेत जनाएको छ ।

आज बुधवार साँझा आ आफ्नो घरमा दीप प्रज्ज्वलन गरेको हिन्दू धर्मावलम्बीहरुले खुशी मनाएको छ । भारतको अयोध्यामा सन् १५२८ मा राम मन्दिर भत्काएर बाबरी मस्जिद निर्माण गरिएको थियो ।

पछिल्लो पटक हिन्दूहरुले बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो ।

भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेका कारण आज नेपालगंजमा हिन्दु धर्मावलम्बीहरुले दिप प्रज्जवलन गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x