५ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले रामको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुरधाममा प्रदर्शन

एसीपी संवाददाता

४ श्रावण २०७७, आईतवार ०४:०७ मा प्रकाशित

फाइल-तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिलाई लिएर दिएको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुरधाममा शनिबार बृहत प्रदर्शन भएको छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले हिन्दु धर्मावलम्बीहरूको आस्थासँग खेलवाड गरेको भन्दै विभिन्न हिन्दु संगठनहरूले संयुक्त रूपमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरूद्ध प्रदर्शन गरेका हुन्।

र्‍यालीमा हिन्दु राष्ट्र कायम गर, अयोध्या जनकपुरधाम सम्बन्ध बिगार्न पाइँदैन, ‘धर्म र आस्था माथिको राजनीति बन्द गर’, ‘हिन्दुत्व नै राष्ट्रियता हो’, ‘धर्म निरपेक्षता मुर्दावाद’, ‘तथ्यहीन विवाद बन्द गर’, ‘केपी ओली मुर्दावाद’ प्रधानमन्त्री ओलीको गलत अभिव्यक्ति फिर्ता होस् सहितका नारा लगाइएको थियो।

भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भारतको अयोध्यामा नभई नेपालकै पर्साको ठोरीमा रहेको अयोध्यामा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएपछि नेपालका विभिन्न स्थानमा विरोध हुँदै आइरहेको छ। सभार – सेतोपाटी

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x