११ असार २०८३, बिहीबार

सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु

एसीपी संवाददाता

२१ श्रावण २०७७, बुधबार १५:१२ मा प्रकाशित

सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु भएको छ ।
राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका दुईजना र होम क्वारेन्टिनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।
दीर्घ रोगी रहेका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय वृद्धको उपचाको क्रममा मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । यस्तै १५ दिन अघि मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसिरहेका एक अर्का ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । रुपनी गाउँपालिका ५ घढियाका ती पुरुषलाई एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि मंगलबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धराना लग्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो । मृतकको कोरोनाको लक्षणदेखिएकोले स्वाब संकलन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x