गर्मी र बर्षातको समय सुरु भएसँगै बाँकेमा सर्पदंशको बिगबिगी

गर्मी र बर्षातको समय सुरु भएसँगै बाँकेमा सर्पदंशको बिगबिगी बढेको छ ।
भेरी अस्पताल नेपालगन्जमा दैनिकरुपमा सर्पदंशका विरामी थपिनेक्रम बढेको भेरी अस्पताल नेपालगन्जमा सर्पदंशका विरामीको उपचारमा संलग्न चिकित्सक डा.पारश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, बैशाख २८ गतेदेखि असार २९ गतेसम्म सर्पदंशका १ सय २५ जना विरामी आएका छन् । तिमध्ये २ जनाको अस्पताल ल्याउदा ल्याउदैै र १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सर्पदंशबाट गम्भीर विरामी परेका ४५ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने उहाँको भनाइ छ । अहिले पनि आइसीयुमा ३ जना सर्पदंशका विरामीको उपचार भइरहेको छ । विरामीहरुले थपिनेक्रम बढेकाले सर्पले टोकेका विरामीहरुलाई राख्ने बेडको भने अभाव देखिन थालेको छ । भेरी अस्पतालमा बाँके, बर्दिया, दाङ, सल्यान, कैलालीलगायतका विरामी आउने गरेका छन् ।



