११ असार २०८३, बिहीबार

अरब देशले मनाए शुक्रबार बकराईद, हाजीहरुले रुदै मागे दुआ कोरोनासंग छुट्कारा, साउदी राजा सलमानले दिए सबैलाई बकराईदको मुबारकबाद

एसीपी संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १४:३३ मा प्रकाशित

अरशद शेष राई – साउदी अरेबिया / कोरोना भाइरस अर्थात कोभिड -१९ महामारीको आतंक रहेको बेला इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो महान पर्ब ईदुल अजहा बकराईद शुक्रबार दिन अरब देशहरुले मनाएका छन । बिगत लामो समय देखि बिश्वभरी फैलिएको कोरोना भाइरसको सुरक्षाको सबै उपायलाई मध्य नजर गर्दै अरब देशहरुले ईदुल अजहाको नमाज पढि बकराईद पर्ब मनाएका हुन । खाडी देश साउदी अरेबिया, दुबई, कतर, मिस्र, कुबेत, बहराईन लगायत अरब देशहरुले कोरोना भाइरसको सुरक्षाको सबै उपायका बीच ईदुल अजहा बकराईदको नमाज पढेर एक अर्कालाई ईदुल अजहा बकराईदको मुबारकवाद दिई मनाएको हो । साउदी अरेबियाको पबित्र शहर मदिनामा पनि सुरक्षाको सबै नियम पालना गर्दै शोसल डिस्टेन्सका बीच मस्जिद -ए नब्वी हरम शरीफ तथा साउदी अरेबियाको मस्जिदहरुमा बिहान करीब ६ बजेर १० मिनेटमा ईदुल अजहा बकराईदको नमाज पढिएको थियोे । यसैबीच संसारभरी रहेका इस्लाम धर्मावलम्बीहरुलाई साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजीजले शुक्रबार ईदुल अजहा बकराईदको शुभकामना दिएका छन । साउदी राजा सलमान बिन अब्दुलअजीजले सबै मुस्लिमहरुलाई ईदुलअजहा बकराईदको बधाई दिदैं भने अल्लाह हाम्रो दुआ कुबुल गरुन, हाम्रो हज कुबुल गरुन र हाम्रो स्वास्थ्य राम्रो हुन दुआ गरे । लामो समय देखि विश्व भरी फैलिएको कोरोना भाइरसको महामारी संसारबाट छिटो समाप्त होस भनेर साउदी राजा सलमानले बिश्वभरीका इस्लाम धर्मावलम्बीहरुसंग दुआ अर्थात प्रथाना गर्न अपील समेत गरे । यस बर्षको हज हाजीहरुले बिहीबार आफ्नो हज पूरा गरी साउदी अरेबियाको पहाड अराफातमा हाजीहरुले रुदै आफनो गुनाहको माफ़ी मागे, अल्लाहसंग दुआ ए रहमत, मग्फिरत तथा हज कुबुल गर्न दुआ माग्नुको साथ साथै बिश्वभरी फैलिएको कोरोना महामारी जस्तो ज्यान लिने बलासंग निजात अर्थात छुट्कारा दिलाउन हाजीहरुले दुआ मागे । साउदी अरेबियाको पबित्र शहर मक्का बाहिर चट्टानी पहाड़ीको चारैतिर एउटा कडा सुरक्षा घेरा बनाएको थियो जसलाई जबल-अल रहमिया भनिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x