१ श्रावण २०८३, शुक्रबार

प्रहरीको सक्रियताका कारण नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ बरामद

एसीपी संवाददाता

२१ असार २०७७, आईतवार ०८:४२ मा प्रकाशित

भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ बाट करीब २ लाख बराबरको पान र सुपर पावर सुर्ति बरामद गरेको हो । लकडाउनका जारी रहेको अबैध रुपमा भन्सार छली गरी नेपालमा बिभिन्न समाग्री तश्करहरुले भित्र्याइने गरेको छन् भने शसस्त्र प्रहरी रोक्न सक्रिय हुदै आएको छ ।


लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ति शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । करीब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ति गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । बरामद गरिएको पान नष्ट गरिएको छ भने सुर्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । लकडाउनका बेलामा जिल्ला प्रहरी कार्यालयले तश्करहरुको धर पकड गर्दे आएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय जमुनहाले केहि दिन भारत अबैध रुपमा ल्याईएको मोबाईल, सुर्ती जन्य पदार्थ सहित बिभिन्न अबैध भन्सार छली गर्न खोज्ने समाग्रीलाई कब्जामा लिने गरेको छ भने आवत जावत गर्नेहरुलाई सत्य तथ्य छानबिन गरी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x