११ असार २०८३, बिहीबार

तेलियनपुरवामा तीज गीतको छायाङकन सम्पन्न

एसीपी संवाददाता

१३ श्रावण २०७७, मंगलवार १०:४० मा प्रकाशित

नेपालगन्ज १३ साउन- बाँकेको नेपालगन्ज २१ तेलियनपुरवामा तीज गीतको छायाङकन सम्पन्न भएको छ । महिला दिदीवाहिनीहरुको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्ज २१ तेलियनपुरवामा तीज गीतको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो ।

चर्चित मोडल तथा डाइरेक्सन राजन कुमार बैश्य रहेको हसिलो मुहार चन्चले बानी, बनाउने मन छ यो दिलकी रानी बोलको गीतमा मोडलमा राजन बैश्य, सुमित्रा पुनमगर, प्रकाश कडेल (गुलेली कान्छा) र अनिता थारु रहेका छन् ।

हसिलो मुहार चन्चले बानी, बनाउने मन छ यो दिलकी रानी बोलको गितको व्याकग्राण्डमा २५ जना युवतीहरुको भुमिका रहेको कलाकार तथा मोडल राजन बैश्यले बताउनुभयो । गितमा स्वर बाबुराम परियार र अनिशा परियारले दिनुभएको छ भने क्यामरामा दिनेश ओलीले साथ दिनुभएको छ । हसिलो मुहार चन्चले बानी, बनाउने मन छ यो दिलकी रानी बोलको म्युजिक भिडियोको व्यवस्थापनमा जगदिश सोनीले गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x