५ असार २०८३, शुक्रबार

चुरे गाउपालिकामा ट्रक दुर्घटना हुदाँ एकजनाको मृत्यु

एसीपी संवाददाता

२९ असार २०७७, सोमबार ०७:०२ मा प्रकाशित

चुरे गाउपालिकामा ट्रक दुर्घटनामा हुदा एकजनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीको भनाइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी गम्भीर घाईते भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताएका छन । यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिह धामी घाईते भएका छन्। ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x