२१ बैशाख २०८३, सोमबार

दुर्घटनाको कारण बन्न सक्ने, बाटोमा रहेको गिट्टी र बालुवा

एसीपी संवाददाता

१ असार २०७७, सोमबार ०६:३१ मा प्रकाशित

नन्दलाल साहू बाँके, अषाढ १। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर(७ को बाटो विकास निर्माणकार्य अंतरगत १२७ मीटरबाटोको लगभग तीस मिटरको बाटोलाई छोडेर बाकीको ९७ मिटरको बाटो ढलान बिहीबार नै सकिएको मनकामना कन्ट्र्कसनका रमेश श्रेष्ठले बताएका छ्न।

प्रगतिशील मार्गको मुख्य प्रवेशद्वार देखिको बाकी रहेको ३० मिटर बाटोको लागि अहिले आफू संग बजेट नरहेकोले निर्माणकार्यका लागि छुटेको बाटो निर्माणकार्य आउने समयमा पछितिर गर्ने वडा अध्यक्ष जुम्मन खाँ ले बताए । सकिएको निर्माणकार्यबाट बाकी बचेको गिट्टी र बालुवा अझै बाटोमा रहेको छ । गिट्टी, बालुवा बाटोमा रहेकोले स्थानीयलाई आवतजावत गर्न अप्ठ्यारो परेको छ । यसका साथै यो बाटो बाट आवतजावत गर्नेको संख्या बढी रहेकोले मोटरसाइकल, साइकल र पैदलमार्गको रूपमा बढी प्रयोग हुने गरेको छ ।

बाटो बढी प्रयोग हुने गरेकोले बाटोमा रहेको गिट्टी, बालुवाले दुर्घटना निम्त्याउन सक्ने सम्भावना निकै नै रहेको स्थानीय वासीहरुले गुनासो गरेका छ्न । निर्माणकार्य सकिएपछि किन बेवास्ता गरेको, तीन दिन बितिसक्दा पनि, न त हालसम्म बाटो ठेक्कामा लिने ठेकेदार आएको, न त वडा अध्यक्ष नै आएका छ्न । अहिलेसम्म बाटो हिलडुल गर्ने लायक नरहेकोले जोखिम पनि उत्तिकै रहेको स्थानीयवासीहरुले दुःख ब्यक्त गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x