२१ बैशाख २०८३, सोमबार

बाँकेबाट आज ४१ जना डिस्चार्ज

एसीपी संवाददाता

५ असार २०७७, शुक्रबार १६:३० मा प्रकाशित

बाँकेमा शुक्रवार थप १४ जनासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ र बैजनाथ गाउँपालिका गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

राप्तीसोनारी वडा नं. ३ की एक १७ महिने बालिकामा समेत संक्रमण भेटिएको छ । यस्तै बर्दियको बढैयातालका २, गेरुवाका १ र गुलरियाका ४ जनामा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसै गरी गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक पुरुषको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभएको छ । दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय २६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ३ सय ३८ जना पुरुष र ८८ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय १६ जना डिस्चार्ज भएका छन् ।

यसै गरी बाँकेबाट आज ४१ जना डिस्चार्ज भएका छन् । जानकी गाउँपालिकाको विभिन्न स्कूलमा रहेका उनीहरुलाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए । १४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार यिनीहरुलाई पनि घर पठाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x