२१ बैशाख २०८३, सोमबार

फुल्टेक्राका सरसफाईकर्मीहरूको मनोमानी !

एसीपी संवाददाता

१८ असार २०७७, बिहीबार ०९:१२ मा प्रकाशित

चन्द्रेश्वरराज त्रिपाठी
नेपालगन्ज, असार १८ । कोभिड–१९ को संक्रमणबाट जोगिन विश्वभरी लकडाउन गरियो भने कतिपय ठाउँमा जारी छ भने कतिपय ठाउँमा खुकुलो पारिएको छ । हाल नेपालमा समेत खुकुलो पर्दै लैजाने निर्णय गरिएको छ ।

बाँके जिल्लामा समेत रेडजोन भएको अवस्थालाई मध्यनजर गरि के खोल्ने के नखोल्ने भनेर जिल्ला प्रशासनमार्फत सुचना जारी गरिएको छ, तर कही पनि लकडाउन भएको बेलामा अतिआवश्यक जस्तै औषधि पसल, अस्पताल, एम्बुलेन्स, खाद्यय सामान, सरसफाईकर्मीलाई बिदा आदि बन्द नगरी पुर्ण रूपमा खोलिएको अवस्था रहे पनि, नेपालगन्जको विभिन्न ठाउँमा फोहोरको थुप्रो सहजै हेर्न सकिन्छ ।

महेन्द्र बहुमुखि क्याम्पस भित्र कोरेन्टाईनबाट निस्किएको फोहोरलाई समेत व्यवस्थापन गरिएको पाईन्न । त्यस्तै हुलाकी रोड, फुल्टेक्रा, रामनगरको भित्रि रोड आदिमा फोहोरको थुप्रो प्रसस्त देख्न पाईन्छ ।

वडा नं. ६ का वडा सदस्य एवं सरसफाई प्रमुख दिपक श्रेष्ठका अनुसार पिपल चौतारीदेखि कपिल पाठकको घरसम्म सरसफाई हुँदै आईरहेको बताए । श्रेष्ठ अनुसार रामनगर भित्रि बाटो, फुल्टेक्राको भित्रि बाटो, आँखा अस्पताल लाईन लगायत सबै टोल कै सरसफाई कार्य गरी यही १५ गते सकिने बताए ।

सरसफाई प्रमुख श्रेष्ठ कै भनाईलाई खण्डन गर्दै फुल्टेक्रा गाउँ निवासी खेलावन गोडियाले बिहानको ६ बजेतिर घर अगाडी झाडु लगाउँदै भने– हामी सधैं हरेक बिहान आफ्नो घर अगाडीदेखि परसम्म झाडु लगाई सरसफाई गरिरहेको अवस्था भएपनि वडा कार्यालय मार्फत सरसफाईकर्मी १५ दिनभन्दा बढी हुँदा सम्म नदेखिएको’ बताउँछन् ।

फुल्टेक्रा निवासी गोडियाका अनुसार फुल्टेक्रा स्कुल अगाडी समेत फोहोरको थुप्रो जमा गरिएको छ, उपमहा नगरपालिका मार्फत फोहोर उठाउने गाडी समेत महिनौं हुँदा सम्म नदेखिएको हुँदा फोहोरको थुप्रो देख्न पाईन्छ । पटक–पटक जानकारी गराउँदा समेत कुनै वास्त नै गरिएको छैन ।

त्यसैगरी, फुल्टेक्रा स्थिति नालाहरुको सफाई समेत गरिएको छैन । वर्षात शुरु हुने बेला भइसकेको अवस्था छ, तर नाला सफाई गर्ने तरखर वडा कार्यालयको देखिएको छैन । वर्षातको बेला नाला सफा नगरिए फोहोर पानी घरभित्र जमाव हुने प्रबल सम्भावना रही आएको छ, जुन विगतदेखि हामी फुल्टेक्राबासी भोग्दै आइरहेको नियति नै बनि सकेको छ ।

वडा नं. ६ रामनगर निवासी केशवराम बढ्हीका अनुसार उनकै घर अगाडीका नाली–नाला पूर्ण रुपमा फोहोरले जाम रहेको छ ,तर त्यसबारे सम्बन्धित पक्षहरु मौन भएको पाईन्छ । बढ्हीका अनुसार अब वर्षातको बेला पनि नाला सफाई नगरिए हामीले फोहोर पानीमा हिड्न बाध्य हुने बताउनु भएको छ ।

वडाअध्यक्षलाई यसबारे जानकारी मांग्दा अब मेयर डा. धवल राणाले आफै आएर निरिक्षण गर्ने भएका छन् । त्यसपछि रोड निर्माणको कार्य अगाडी बढाईने छ । तर वडाअध्यक्ष ज्यूले त्यो भनि रहँदा एउटा कुरा ख्याल नै नगरिएको पाईन्छ । उनले सो मन्तब्य करीब आफ्नो कार्यकाल शुरु भएदेखि नै दिंदै आईरहेका छन् भन्ने भनाई स्थानीयहरुको रहेको पाईन्छ ।

के सरसफाई समयमा हुनेछ ? के फुल्टेक्रा रोड जुन सदियौं देखि प्रयोगमा रहेको पाईन्छ, त्यो फुल्टेक्रा रोड निर्माण कार्य यसपटक हुनेछ ? के फुल्टेक्राको विकास कार्यमा वडा अध्यक्ष मार्फत पाईला चालिने छ ? भन्ने प्रश्नहरुको जवाफ स्थानीयहरुले माग गरिरहेको छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x