१७ जेष्ठ २०८१, बिहीबार

बार अनुसार ब्यवसाय सञ्चालन गर्न दिएको अनुमति फिर्ता

एसीपी संवाददाता

२३ जेष्ठ २०७७, शुक्रबार ११:३३ मा प्रकाशित

बाँके, जेष्ठ २३। बार अनुसार व्यवसाय संचालन गर्न दिने अनुमति जिल्ला प्रशासन कार्यालयले २ दिनमै फिर्ता लिएको छ । जिल्लामा बार अनुसारका पसल, व्यवसायहरु संचालन गर्न दिने भएको अनुमतिले गर्दा बढेको सर्वसाधारणको भिडलाई नियन्त्रण गर्न बाँके प्रशासनले आज सूचना जारी गर्दै अनुमति फिर्ता लिएको जनाएको छ ।

बार अनुसार ब्यवसाय सञ्चालन गर्न दिएको अनुमतिले सर्वसाधारणको आवत जावत बढे सगंै ब्यवसायिक स्थानमा बढेको भिडलाई नियत्रित गर्न र कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढने खतरालाई मध्ये नजर गरि बजार संचालक, व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धीको मापदण्ड पुरा नगरेका कारण यसअघि बार अनुसार व्यवसाय संचालन गर्न दिने अनुमति रद्द भएको सूचनामा उल्लेख गर्दै उक्त अनुमति फिर्ता लिएको देखिएको हो ।

प्रशासनले शुक्रबार लकडाउनलाई व्यवस्थित बनाई सर्वसधारणको जनजीविकालाई सहज बनाउन समयतालिका अनुसार पसल, व्यवसाय संचालन गर्न दिएको अनुमित २२ र २३ गतेको बजार अनुगमनको अवस्थाले कोरोना भाइरसको जोखिम बढ्न सक्ने अवस्था बढेको पाइएकाले निर्णय फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

तथापि प्रशासनले २१ गते भन्दा पुर्ववत निर्णय अनुसार अत्यावश्यक तथा दैनिकउपभोग्य वस्तु तथा सेवाका पसलहरु विहान ११ देखि ३ बजेसम्म मात्र संचालन गर्न सूचना जारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x