२१ बैशाख २०८३, सोमबार

फातिमा फाउण्डेशन नेपाल आहतको बेला राहत बाँड्दै

एसीपी संवाददाता

२५ जेष्ठ २०७७, आईतवार ०९:०० मा प्रकाशित

नन्दलाल साहू
बाँके, जेष्ठ २५ । कोरोना भाईरस (कोभिड—१९) महामारीको मार झेलिरहेको बाँके जिल्लाका अतिविपन्न गरीब तथा असहाय परिवारलाई फातिमा फाउण्डेशन नेपाल नेपालगञ्जले ८० बढी परिवारलाई खाद्ययान्न राहत वितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेको पुरैनी, रामनगर, जैसपुर लगायत टोलका अतिविपन्न परिवारलाई कम्तिमा १५ दिन जति खान पुग्ने चामल, दाल, तेल, चिनी, नून तथा सोयाबीन लगायतको खाद्य सामग्री वितरण गरिएको कुरा फातिमा फाउण्डेशन नेपालकी सदस्य मैमुना सिद्दीकीले बताउनु भयो ।

समुदायलाई कोरोना भाईरसबाट जोगिनको लागि फाउण्डेशनले जनचेतनामूलक सन्देश, तथा चेतनामूलक घरदैलो कार्यक्रम पनि गरिरहेको सिद्दीकीले बताएकी छिन् ।

फाउण्डेशनले महामारी रोगबाट बच्नको लागि नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर २, ३ र ४ का हेल्थ डेक्सलाई ज्वरो नाप्ने थर्मल गन, मास्क, सेनेटाइजर लगायत अन्य मेडिकल सामग्री पनि हस्तान्तरण गरिएको कुरा फातिमा फाउण्डेशनकी कोषाध्यक्ष सुवेदा फरहीन अन्सारीले बताएकी छिन् ।

विगत १५ वर्षदेखि महिला तथा बालबालिकाको हितमा कार्य गर्दै आएको फातिमा फाउण्डेशन नेपालले लकडाउन र कोरोना भाईरसको विपतको बेलामा पनि सामाजिक जिम्मेवारी निर्वाह गर्दै समुदायलाई राहत वितरण गरिएको कुरा फातिमा फाउण्डेशन नेपाल की अध्यक्ष मोहम्मदी सिद्दीकीले बताएकी छिन् ।

आगामी दिनमा महिला बालबालिका तथा गरिब असहायलाई थप सहयोग गर्ने योजना रहेको कुरा फातिमा फाउण्डेशनकी संस्थापक मोहम्मदी सिद्दीकीले जानकारी दिएकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x