गीत सुनाएर वडा अध्यक्षले गरे,वडा भेलाको समापन

नन्दलाल साहू आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष जुम्मन खा को अध्यक्षता चाैथो वडा भेला समापन भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नं. ७ कार्यालयले वडा भेला गरि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु गरेको छ ।

कोभिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष खा ले बताएका छ्न। करिव ६५ लाखको बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष जुम्मन खाँले बताउनु भयो । विकासका लागि वडामा गठन भएका टोल विकास समितिमार्फत योजना छनौटको काम भइरहेको पनि बताए ।

भेलाको कार्यक्रममा नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष डिल्ली बराल, वडा नं. ७ का नेता प्रशान्त श्रेष्ठ लगायतले स्थानीय वडावासीहरुका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । भेलामा स्थानीय,जेष्ठ नागरिक,बुद्धिजीवी,अगुवा स्वास्थकर्मी तथा पत्रकार लगायत सयबढिको सहभागिता रहेको वडा भेलामा अध्यक्ष जुम्मन खा ले वडावासीहरुलाई गीत सुनाएर भेलाको समापन गरेका थिए ।



