५ असार २०८३, शुक्रबार

नेपालगन्ज जेसीजको प्राङ्गणमा योगा

एसीपी संवाददाता

४ श्रावण २०७७, आईतवार १३:३० मा प्रकाशित

नेपालगन्ज जेसीजको प्राङ्गणबाट भएको योगामा आज आइतबार ७७ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सन्चालन गर्नु भएको थियो। “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं” जुम मार्फत १६ ओटा शाखाको संयुक्त आयोजनामा असार २० देखि श्रावण २१ एक महिना सम्म योग कक्षा संचालन भैरहेको छ। उक्त कार्यक्रममा गुरु दुर्गा देब सुवेदी तथा डा. टि. पि. धमला ज्यु ले योगा र ध्यान गराउनु भएको थियो। नेपालगन्ज जेसिजको तरफ बाट अध्यक्ष श्रेष्ठ लगायत उपाध्यक्ष जेसि आशिष आनंद, जेसि अन्कित कुमार सिंह, पुर्ब अध्यक्ष जेसि खडक बहादुर बोहराले नेपालगन्ज जेसिज लगायत १६ वटै शाखा लाई बधाई तथा शुभकामना दिनुभएको थियो साथै अहिलेको समयमा युवाहरुले योग र ध्यानमा जोड दिनु भएकोमा खुसी व्यक्त गर्नु भयो र उहाले पनि यो कार्यक्रमको लाभ जेसिज ननजेसिज सबैले लिनु पर्ने धारणा राख्नु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x