१२ असार २०८३, शुक्रबार

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा शुरु,७७ वटै जिल्लाबाट ४०० भन्दा बढी युवाहरु सहभागिता जनाउँदै

एसीपी संवाददाता

२६ श्रावण २०७७, सोमबार ०४:२१ मा प्रकाशित


काठमाडौं /  नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ४०० भन्दा बढी युवाहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा  भब्यरुपमा शुरु गरेको छ ।
सम्मेलनका पहिलो दिन ७७ जिल्लाका ४०० भन्दा बढीको सहभागिता रहेको छ । साथै यस्तो कोरोनाको कहर विच पनि बिभिन्न समुदायका युवाहरु प्रतिनिधित्व भई यो सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनेकोमा आयोजक धेरै हर्षित भएकोे नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनुभयो ।सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले  युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण गर्नुभएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युयाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिनुभएको थियो ।


यस सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी भएका छन् । सो सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछन् ।
यो सम्मेलन यहि अगष्ट ९ बाट शुरु भई अगष्ट १२  अर्थात अन्र्तराष्ट्रिय युवा दिवस २०२० सम्म भर्चुअल रुपमा सन्चालन हुनेछ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएका आयोजक संंस्था नेपाल युवा परिषदले बताएको छ ।
सम्मेलनकोपहिलो दिन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कल्पना नेपाली, नेपाल युवा परिषदका सल्लाहकार राजेन्द्र गिरी, राजन कोईराला, युएनडिपीका निकिला क्षेष्ठ लगायत अतिथिहरुले कार्यक्रमको लागि शुभकामना सहित सफलताको लागि धन्यवाद ब्यक्त प्रकट गरेका थिए ।
सो कार्यक्रमको लाईभ नेपाल युवा परिषदको अफिसियल फेसबुक पेज र द वल्र्ड नेपाल न्युज डटकमको फेसबुक र जि नेपाल एचडिको फेसबुक पेजबाट पनि प्रत्यक्ष लाईभ हुने हुदाँ अन्य युवा साथीहरुलाई सहभागिताको लागि पनि आयोजक संस्थाले अनुरोध गरेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x