३२ असार २०८३, बिहीबार

अप्रत्याशित भेट, गहिरो संवाद ।

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार ११:०२ मा प्रकाशित

“न थी पहचान, न था कोई नाम,
फिर भी मुलाक़ात रख गई एहसास तमाम।

अप्रत्याशित भेट, गहिरो संवाद ।

कहिलेकाहीँ जीवनले अनपेक्षित तर अविस्मर्णीय क्षणहरू उपहार दिन्छ। आजको दिन अलि फरक रह्यो। महेन्द्र पुस्तकालय नेपालगञ्जमा म उर्दु साहित्यकाे किताब पढिरहेकाे थिएँ, एकजना महिलाकाे आगमन हुन्छ र पुस्तकालयका कर्मचारीसँग आफूले अध्य्यन गर्न चाहेकाे लेखककाे नाम भन्दै त्यहाँ पठाएकाे व्यक्तिको पनि नाम भन्नु भयाे । 

त्यही बेला फेरि आवाज आयाे- “तपाईं उर्दू पढ्नुहुन्छ?” अनि शुरु भयाे शिवानी सिंह थारूसँगकाे वार्तालाप एक पाठकको रूपमा होइन, जीवनका अनेक तहहरूमाथि संवाद गर्ने साथीका रूपमा।

उहाँसँगको संवाद केवल साहित्यिक विषयमा सीमित रहेन। उर्दू र फारसी साहित्यका शब्दहरूको गहिराइबारे खुलेर कुरा भयो। समुदाय, धर्म, पहिचान— यी विषयहरूलाई उहाँले खुलेर समेट्नुभयो। “हामी पहिचानको साँघुरो घेराभन्दा पर किन नसोच्ने?”— उहाँको यो प्रश्नले मलाई सोच्न बाध्य बनायो।

उर्दु र फारसी भाषा पढ्ने आफ्नाे अति इच्छा भएकाे बताउनु भयाे । भाषा केवल अभिव्यक्तिको साधन मात्र नभएर विचारको सेतु पनि रहेछ, जसले हाम्रा हृदयहरू जोड्छ।

समुदाय, धर्म, पहिचान र परम्पराको परिधिभित्र रहेर पनि कसरी स्वतन्त्र चिन्तन सम्भव छ भन्ने विषयमा विचार आदान-प्रदान भयो। उहाँको दृष्टिकोण प्रस्ट छ—समाज परिवर्तनशील छ, तर मानवता र करुणा स्थायी मूल्यहरू हुन्।

त्यसपछि कुरा झन् व्यक्तिगत दिशामा मोडियो। परिवारका सम्झनाहरू, चुनौतीहरू, संघर्षहरू— यी सबैले वार्तालापलाई आत्मीय बनाए। साहित्य जति बौद्धिक यात्राको माध्यम हो, त्यति नै व्यक्तिगत अनुभवहरूको संग्रह पनि हो।

सबैभन्दा महत्वपूर्ण कुरा के रह्यो भने, केही व्यक्तिहरूको संगत केवल ज्ञान होइन, आत्मीयता, सहजता, र वास्तविकताको प्रतिरूप बन्छ। शिवानीजी त्यही सरलता र स्पष्टताको उदाहरण हुनुहुन्छ।
शिवानीजीसँगको झण्डै २ घण्टाकाे संवाद एक सरल संयोग मात्र थिएन, यो गहिराइमा डुब्ने अवसर थियो।

सफा मनका कुरा गर्ने, बिना कुनै पूर्वाग्रह, खुला हृदयले सुन्ने र बुझ्ने अवसर। कहिलेकाहीँ केही भेटघाटहरू अनपेक्षित भए पनि जीवनभर साथ रहने सम्झनाहरू छोडेर जान्छन्। आजको भेट त्यस्तै रह्यो।
“बिना जान-पहचान के, वो मुलाक़ात हुई,
जैसे रेत पर लहरों की बात हुई।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x