अफिम सहित दुई जना प्रहरी नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, १४ असोज – ईलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता हासिल गर्दै गरेको छ । कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ । चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो ।
यो पनि समाचार पढ्नुस / बाँकेमा बुधबार ३४ जना निको भई घर फर्के
यो पनि समाचार पढ्नुस / अदालतको आदेशपछि जमुनाह नाका हुँदै तरकारी तथा फलफुलजन्य बस्तुको आयात शुरु
रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय कृष्णनगर ले केही दिन अगाडि समेत कृष्णनगर बस पार्क नजिक बाट शान्ति पुनर्स्थापना गृहको सहयोगमा ३७ केजी लागु औषध चरेस सहित दुई जना महिला समात्न सफल रहेको थियो। ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख को जिम्मेवारी सम्हाले देखि नै प्रहरी निरिक्षक प्रताप पौडेल ले विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट, सुर्ती जन्य पदार्थ नष्ट, लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई समाजमा शान्ति सुरक्षा राख्न सधै ततपरता देखाउदै आएका छन् । विभिन्न समयमा पौडेलको योगदानको कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेतले सम्मान गरेको छ।



