३१ भाद्र २०८३, बुधबार

अब्दुल करिम खाँ लेखापरीक्षणमान बोर्डको सदस्यमा मनोनीत

एसीपी संवाददाता

३१ भाद्र २०८३, बुधबार १२:१० मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज — नेपाल सरकार, अर्थ मन्त्रालयले अब्दुल करिम खाँलाई लेखापरीक्षणमान बोर्डको सदस्यमा मनोनीत गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जारी गरेको पत्रअनुसार नेपाल सरकार (माननीय अर्थमन्त्रीस्तर) को वि.सं. २०८३/०४/२९ गतेको निर्णयअनुसार खाँलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा १७ को उपदफा (२) को खण्ड (ङ) बमोजिम लेखापरीक्षणमान बोर्डको सदस्यमा मनोनयन गरिएको हो।

खाँलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएकोमा विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। लेखापरीक्षणका मापदण्ड निर्माण, वित्तीय पारदर्शिता तथा लेखापरीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन लेखापरीक्षणमान बोर्डको भूमिका महत्वपूर्ण मानिन्छ।

नवनियुक्त सदस्य खाँको अनुभव, क्षमता र दक्षताले बोर्डको संस्थागत कामलाई प्रभावकारी बनाउन तथा नेपालको लेखापरीक्षण प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

लेखापरीक्षण तथा वित्तीय अनुशासनको क्षेत्रमा प्राप्त यस महत्वपूर्ण जिम्मेवारीका लागि अब्दुल करिम खाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x