आईडियल स्पोर्ट्स मिट २०८१ भव्य रूपमा उदघाटन
नुर मोहम्मद अन्सारी ! नेपालगन्ज, बाँके – आईडियल स्पोर्ट्स मिट २०८१ आजदेखि भव्य रूपमा सुरू भएको छ । आईडियल स्कूल, नेपालगन्ज द्वारा आयोजित उक्त खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्ट को उपस्थित रहेको थियोे ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष बद्रे आलम खान ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथिहरू इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष अब्दुल रहमान खान, आलमिन राई र जमिल जरगर को पनि उपस्थिति रहेको थियो।
थुप्रै रोमाञ्चक खेल प्रतियोगिताहरू समेटिएको आईडियल स्पोर्ट्स मिट २०८१ ले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा र खेल भावना प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।




