१ श्रावण २०८३, शुक्रबार

आन्दोलन गर्ने बाहेक कुनै बिकल्प छैन् -शिक्षक नेता सोनी

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १४:५९ मा प्रकाशित

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनबिद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु धोखा दिनलाई भएको समाजाबादी पार्टी शिक्षक संघ बाँके सचिव राम सिंह सोनीले बताएका छन् । अहिले नेपाल सरकार अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी सँविधान जारी गरेको भन्दै आफूहरु यस बारेमा सन्तुष्ट नरहेको उल्लेख गरेका छन् । नेपालमा पटक पटक तन्त्र बदले पनि हकअधिकार कसैले नपाएको यूवा सोनी गुनासो पोखेका छन् ।

सोनीले एक पटक फेरी धक्का दिने र आन्दोलन गर्ने बाहेक कुनै बिकल्प नरहेको बताए । अहिले हामी कहिले हिन्दु कहिले मुस्लिमको नाममा बाड्ने काम गरी रहेको छन् । यसरी समाजलाई तीन प्रतिशतले देशलाई हाकेर दलित, जनजाति,मुस्लिम,हिन्दु, पिछडिएका बर्ग सहितको जनता सरकार बिरुद्ध आन्दोलन उतरिने बताए । सरकारले विभेदकारी संबिधानमा मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न नसकेको भन्दै सँविधान दिवसको कुनै अर्थ न रहेको बताउदै अहिले दुई तिहाईको सरकारको मानशिकता नै हक अधिकार दिन नपरोस साथै भुमिगत आन्दोलनबाट आएको पुर्ब माओवादी र नेकपा एमाले बिच पार्टी एकिकरण कुनै तालमेल नमिलेको उल्लेख गरे । जसको सोच मिल्दैन भने पार्टीको एकिकरण गराईको कुनै अर्थ नरहेको दावी गरेका छन् । संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा बिभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसको कुनै औचित्य नरहेको सोले उल्लेख गरे ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x