१७ भाद्र २०८३, बुधबार

उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न ।

एसीपी संवाददाता

३ माघ २०८१, बिहीबार २१:०४ मा प्रकाशित

कपिलवस्तु , माघ ३ – जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन ।

उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ दिलाएका छन् ।

लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन संचारकर्मी सनिउल्लह धाेबीले गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्र कुमार कानाेडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह , पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव , अर्जुन केसी , प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की , मुस्लिम आयाेग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट , रविदत्त मिश्र , कुनाल प्रताप शाह , पुर्व अध्यक्ष रामकुमार गुप्ता, विजय कुमार कानाेडिया , जावेद खां , संजय गुप्ता, सुशील श्रीवास्तव, ब्रहम्मानन्द उपाध्याय, राजेन्द्र केडिया लगायतकाे उपस्थिती थियाे ।

प्रमुख अतिथि ढकालले कृष्णनगरको विकास गर्न आफूले पहल गर्ने बताउदै आफू उद्योगी, व्यवसायीको सधै साथमा रहने बताऐ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष शर्माले आफू व्यपारी, उद्योगी, हरूको पक्षमा रहने बताउदै बिमा योजना लगायत अन्य महत्वपूर्ण कामहरु गर्ने बताए।

शपथ ग्रहण सकिएपछि नया कार्यसमितिकाे बैठक बसेर ३ जना सदस्य शुभम अग्रवाल, सविता उपाध्याय, रामदिन जयसवाललाई मनाेनित गरि कार्यसमितिलाई पुर्णतः दिएकाे छ । त्यस्तै व्यासायी मध्ये पुर्व अध्यक्ष विजय कुमार कनाेडिया, रवि अग्रवाल, धनन्जय सिंह, साकीर अहमद शाह , कृष्ण प्रसाद अग्रहरी, ओममणि त्रिपाठी, दिनेश कुमार कनाेडिया, राम अवतर अग्रवाललाई आठ सदस्यीय सल्लाहकार समितिमा मनाेनित गरेकाे छ भने स्थानीय संचारकर्मी अंकुश कुमार श्रीवास्तवलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएकाे वरिष्ठ उपाध्यक्ष नसरुल्लह खांले बताउनु भएकाे छ ।

नया कार्यसमितिले सुचिकृत प्रत्येक व्यापारीकाे दुर्घटना बिमा, संघका खातामा बांकी बचेका रकमलाई फिक्स डिपाेजिट गर्ने निर्णय गरेकाे सचिव ऋषभ अग्रवालले बताउनुभएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x