१ श्रावण २०८३, शुक्रबार

उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार असफल-मदन श्रेष्ठ

एसीपी संवाददाता

११ आश्विन २०७७, आईतवार १२:१९ मा प्रकाशित

उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबले आइतबार भक्तपुुरमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकारकै लापरवाहीका कारण देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिएको बताउनुभयो । उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक कालको निषेधाज्ञा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सिमित बन्दा उपत्यकामा महामारी फैलिएको उहाले बताउनुभयो । उहाले कन्ट्याक्ट टे«सिङ प्रभावकारी रुपमा हुन नसक्दा संक्रमितको संख्या बढेको आरोप पनि लगाउनुभयो ।

https://www.youtube.com/watch?v=JZ797Uz71L0

फरक प्रसंगमाा उहाले उपत्यका बिकास प्राधिकरण निश्चित ब्यक्तिको आर्थिक चँगुलमा फसेको र उपत्यका नगरपालिकाले बिघटनको आवाज उठाउँदै आएको धारणा राख्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x