३१ श्रावण २०८३, आईतवार
एकै ओभरमा ६ छक्का प्रहार
वेष्ट इन्डिजका काउरन पोलार्डले टी(२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । टी २० मा सबै भन्दा पहिले ६ ओटा छक्का हानेको रिकार्ढ भारत सुपर स्टार ब्याटसम्यान यूवराव सिंह ईग्लैन्ड बिरुद्ध हानेका थिए ।
अहिले यो श्रीलंका विरुद्धको पहिलो टी(२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराए । पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी(२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३।१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
Subscribe
Login
0 Comments


