२ श्रावण २०८३, शनिबार

एम्बुलेन्स चालकले किन पाएनन् भत्ता

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार १४:५८ मा प्रकाशित

कोरोना भाइरस महामारीमा फ्रन्टलाइनमा खटिएका बाँकेमा एम्बुलेन्स चालकहरुले अझैसम्म पनि जोखिम भत्ता पाएका छैनन् । आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरस संक्रमित विरामीहरुलाई क्वारेन्टिनबाट आइसोलेसनदेखि अस्पतालसम्म पुर्याउने काममा अहोरात्र खटिएका उनीहरु भत्ता नपाउँदा खिन्न् भएका छन् ।

दैनिक एक हजार पाँचसयका दरले भत्ता दिने प्रतिबद्धता जनाउँदै स्थानिय पालिका र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले एम्बुलेन्स चालकहरुलाई कोभिडका विरामी बोक्न अनुरोध गरेका थिए । ‘आफ्नो ज्यान फाँलेर, घरपरिवार नभनेर त्यस्तो महामारीमा कोभिड १९ का विरामी बोकियो साइनिङ अस्पतालका एम्बुलेन्स चालक आशिष राना मगरले दुखेसो पोख्दै भन्नुभयो–‘तर अहिलेसम्म एक रुपैयाँ पाइएको छैन् ।’
उहाँले ७० दिनसम्म कोभिड १९ का विरामी अस्पताल तथा आइसोलेसनमा पुर्याउने काम गरेको बताउनुभयो । ‘एक दिनको १ हजार ५ सय रुपैयाँका दरले ७० दिनको एक लाख ५ हजार हुन्छ तर एक रुपैयाँ पाइएन्’ उहाँको गुनासो छ । रानामगर मात्र होइन धर्मवीर काहरको पीडा पनि उस्तै छ । कान्ति आरोग्य अस्पतालका एम्बुलेन्स चालक काहरले पनि ५० दिन बराबरको जोखिम भत्ता पाउनुभएको छैन् ।

‘कोहीले नगरपालिकाले दिन्छ भन्छन् कोहीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दिन्छ भन्छन् उहाँले भन्नुभयो–‘६ महिना भयो भत्ता पाइएको छैन् ।’ त्यस्तै पीडा न्यूँ भिजन आँखा अस्पतालका चालक कर्ण वलीको पनि छ । उहाँले पनि अहिलेसम्म जोखिम भत्ता पाउनुभएको छैन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x