ओलीले देशलाई अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनु भयो
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अगाडी बढ्न कसैले नरोक्ने भन्दै संविधान र प्रणालीको रक्षा गर्दै सरकार अघि बढ्ने बताउनुभएको छ ।
सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास ल्याउने भन्दै सुशासन र विकासलाई प्रत्याभुत गर्दै अगाडी बढाउने समेत बताउनुभयो । उहाँले अहिले देशमा विकासको लहर चलिरहेको समेत बताउनुभयो । कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उहाँले केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढ्ेको दाबि गर्नुभयो ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो । पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ ।


