१ श्रावण २०८३, शुक्रबार

कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जना पक्राउ

एसीपी संवाददाता

१० मंसिर २०८१, सोमबार १३:४४ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ । उक्त छालाको लम्बाइ ६ फिट रहेको छ ।

छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x