कफी पारखीहरूका लागि खुसीको खबर: नेपालगञ्जमा १५ गतेदेखि ‘नेपालगञ्ज क्याफे’ सञ्चालनमा आउने
नेपालगञ्ज — नेपालगञ्जमा कफी पारखीहरूलाई लक्षित गर्दै नयाँ आतिथ्य सेवासहितको ‘नेपालगञ्ज क्याफे’ सञ्चालनमा आउने भएको छ। ग्राहकहरूलाई उच्च गुणस्तरको कफी, आरामदायी वातावरण र उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित क्याफेले आफ्नो औपचारिक शुभारम्भ गर्न लागेको हो।
गणेशपुर–४, मदिना मस्जिद नजिकै अवस्थित यस क्याफेको उद्घाटन आगामी असोज १५ गते बिहान ११ बजे विशेष समारोहबीच हुने भएको छ। व्यवस्थापनले उद्घाटन समारोहमा स्थानीयवासी, व्यवसायी, युवा तथा सम्पूर्ण कफीप्रेमीहरूलाई उपस्थित भई क्याफेको सेवा अनुभव गर्न हार्दिक आग्रह गरेको छ।
क्याफेले आफ्नो औपचारिक उद्घाटनको अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट योजना पनि सार्वजनिक गरेको छ। उद्घाटनकै दिन क्याफेमा आउने सम्पूर्ण ग्राहकहरूलाई कफीलगायत सबै सेवाहरूमा १० प्रतिशत विशेष छुट प्रदान गरिने व्यवस्थापनले जनाएको छ।
“Good Coffee, Better Mood” (राम्रो कफी, राम्रो मुड) भन्ने आकर्षक नारासहित सञ्चालनमा आउन लागेको यो क्याफेले स्वादिष्ट परिकार, न्यानो आतिथ्य र पारिवारिक वातावरणमार्फत ग्राहकहरूलाई एक नौलो र आनन्ददायी अनुभव दिने विश्वास व्यक्त गरेको छ।
पछिल्लो समय नेपालगञ्जमा बढ्दै गएको क्याफे संस्कृति र आधुनिक खानपानका पारखीहरूको रुचिलाई मध्यनजर गर्दै सञ्चालनमा आएको ‘नेपालगञ्ज क्याफे’ यहाँका युवा, व्यवसायी र घुमघाम गर्न रुचाउनेहरूका लागि नयाँ र आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।


