१२ मंसिर २०८३, शुक्रबार

कम्युनिष्ट शासनमा पत्रकारिता पनि सफल नहुने – महर

एसीपी संवाददाता

१० चैत्र २०७७, मंगलवार ०१:५७ मा प्रकाशित

नेपाल विद्यार्थी संघका सभापति नयनसिंह महरले भोट दिँदा जनताले सही पार्टी र नेतृत्व नछानेका कारण आज मुलुक राजनीतिक अन्यौल बनेको बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा भएको कार्यक्रममा महरले भने –‘ हिजो कम्युनिष्टलाई भोट नदिनु भन्दा कसैले सुनेन आज मुलुकुले यो दुःख पायो । ’ उनले कम्युनिष्ट शासनमा पत्रकारिता पनि सफल नहुने जिकिर गरे । नेता महरले राजनीतिमा स्खलन आएको पत्रकारिताले पनि गम्भीर विषय समेटन नसकेको गुनासो गरे । राजनीति र पत्रकारिता धुमिलिएको भन्दै संग्लो बनाउनुपर्ने उनको भनाइ छ । उनले भने– ‘राजनीति र पत्रकारिता संग्लो बनेको छैन । यसलाई संग्लो बनाऔँ ।’ अनलाइनपाना डट कमले सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा निष्पक्ष ढंगले काम गरेको भन्दै उनले आगामी दिनमा पनि काम जारी राख्न शुभकामना दिए । अनलाइनपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x