२ श्रावण २०८३, शनिबार

कर्णालीमा सरकारविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार दर्ता गरे अविश्वासको प्रस्ताव

एसीपी संवाददाता

२५ आश्विन २०७७, आईतवार १०:२७ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री शाही। फाइल तस्बिर

कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव पेस गर्नेमा यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापालगायत १८ जना रहेका छन् । शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र  २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए। 

नेकपा सांसदहरूले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलन गरी बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । 

राजसंस्था पुनस्थापनाको माग गर्दै वृहत मोटर साइकल र्याली

फरक शैलीमा बलात्कारको विरोध

उनीहरूले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेस गर्न मागसमेत गरेका छन् । कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा रहे पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं दिनमा अनसन तोडियो

नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x