२ श्रावण २०८३, शनिबार

कर्मचारीहरुमा कोरोना भएपछि कपिलवस्तु नगरपालिका बन्द

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार ०३:३२ मा प्रकाशित

कपिलवस्तु-नगरप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीहरु धमाधम कोरोना संक्रमित भएपछि कपिलवस्तु नगरपालिका एक साताका लागि बन्द गरिएको छ। बिगत १२ दिनदेखि सेवा बन्द गरिएको नगरपालिका थप एक साताका लागि सेवा बन्द गरिएको हो।

नगरप्रमुख किरण सिंहको दुई साताभित्र गरिएको २ पटक पिसिआर परीक्षणमा दुबै पटक रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै लेखा अधिकृतको २ सातामा ३ पटक गरिएको परीक्षणमा ३ पटक नै रिपोर्ट पोजेटिभ आएको छ। यस्तै दमकल शाखामा कार्यरत ३ र एक जना नगर प्रहरी समेत कोरोना संक्रमित भएका छन्।

कोरोनाको फैलावट र जोखिमलाई रोक्न आगामी कार्तिक २१ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको निमिति प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले बताए। ‘कोरोना फैलन नदिन हामीले अति आवश्यकीय बाहेक सबै सेवाहरु बन्द गरेका छौ’ उनले भने। उता कोरोना संक्रमित भएपनि निस्फीक्रीरुपमा हिँड्डुल गर्ने गरिएको स्थानीयहरु त्रतिस बनेका छन्।

उनीहरुले संक्रमितहरु सुरक्षितरुपमा घर मै बस्नु पर्ने माग गरेका छन्। यस्तै जिल्लामा कोरोनाको परीक्षण समेत बन्द प्रायः अवस्थामा रहेको छ। मास्क लगाउन र अन्य सुरक्षाका मापदन्ड समेत अपनाउन छाडिएकाले फेरि कपिलवस्तुमा कोरोना फैलन जोखिम बढेको स्वास्थयकर्मी बताउँछन्।लुम्बिनीखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x