३२ असार २०८३, बिहीबार
कांग्रेस बाँकेले आज तेस्रो जिल्ला सम्मेलन
नेपाली कांग्रेस बाँकेले आज तेस्रो जिल्ला सम्मेलन गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको भवानीयापुरमा रहेको नेपालगन्ज सिटी हलमा सम्मेलन जारी छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा जारी सम्मेलनमा नेताहरुले बोलिरहेका छन ।
सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथी छन् । यस्तै विशिष्ट अतिथीका रुपमा सह-महामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्यहरु डा. गोपाल दहित, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतका नेताहरु सहभागी छन ।
उक्त सम्मेलनमा सभापति गौडेलले पार्टीको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । यस्तै सचिव सुधान्सु कोइरालाले सांगठानिक र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
Subscribe
Login
0 Comments



