३२ असार २०८३, बिहीबार

काग्रेस भनेकै देउवा देउवा भनेकै काग्रेस प्रधानमन्त्री के पी ओली

एसीपी संवाददाता

२५ बैशाख २०८२, बिहीबार १३:२१ मा प्रकाशित

ओम आचार्य
नेपाली काग्रेस के हो र यो काग्रेस कस्को हो काग्रेस को चारतारे झण्डा बोकेर हिडेका योध्दाहरु कस्को प्रेरणाबाट ,कस्को विचार र दर्शनबाट प्रभावित छन ! काग्रेसको जग कस्ले निर्माण गर्यो ! कस्को विचार र दर्शनै काग्रेसको आधार भुमि हो !
यि सबै प्रस्नहरुको उत्रर आज मोडने तोडने निरर्थक प्रयास हुन थालेको छ ! काग्रेसलाई मधुरो र अस्पस्ट वनाउने प्रयास आखा र मष्तिष्क कमजोर भएकाहरु बाट अहिले निरन्तर हुन थालेको छ !
यस्तो प्रयास अहिले अरु कसैबाट भएको छ भने त्यो काग्रेस र एमालेको दुई दलिय गठवन्धन सरकारको नेतुत्व लिएका प्रधानमन्त्री के पी ओली बाट हुन थालेको छ!!
प्रधानमन्त्री के पी शर्मा ओली ले “सरकार विरुध्द अब कोही काग्रेसी बोल्दैन “भन्दै सचिवालय बैठकमा “काग्रेस भनेको देउवा हो देउवा भनेको काग्रेस हो “भनेर सम्पुर्ण काग्रेसलाइ नराम्रे संग झस्काएका तर्साएका मात्र छैनन कोध्रित समेत वनाएका छन !
यो क्रोध भविस्यमा हैन केही दिन भित्रै सबै काग्रेसमा देखिने छ !
पंचायत कालमा “ सबै पंच नेपाली सबै नेपाली पंच “ भनेर भनिरहदा अन्तत पंचायत नै गयो ! अहिले सभापति देउवाका विस्वास पात्र र उन्का नजिक रहेका काग्रेस कार्यकर्ताले , देउवाका सचिवालय कर्मचारीले भन्ने भाषा र शैलि प्रधानमन्त्रिबाट व्यक्त हुनु काग्रेस सभापतिलाई कर्ण प्रिय त होला तर समग्र काग्रेसलाई यो कर्ण प्रिय हुदै हुदैन!
काग्रेसी लाई म काग्रेसी हो भन्ने बोध छ भने ,काग्रेस प्रति गर्व र निष्ठा छ भने काग्रेस भनेकै वि पी हुन वि पी का विचार र आदर्ष हुन भन्ने भाव अव जव जाग्छ , जाग्नु पर्छ!
डां शेखर कोइरालामा सबै भन्दा पहिला त्यो भाव जाग्यो र प्रधानमन्त्रीले भनेको चौविस घन्टा नवित्दै गठवन्धन को औचित्य सकियो भन्दै सातबुदे सहमती अनुसार कुनै काम हुन नसेको भन्दै टाइम पास मात्र गर्न थालेको भनेर जवाफ दिएका छन !
प्रधानमन्त्रीले निस्चित समयमा देउवालाई सत्ता हस्तान्तरण गर्ने , काग्रेस भनेकै देउवा देउवा भनेकै काग्रेस ,भनेर भनिरहदा देउवालाइ कर्ण प्रिय त लाग्ला तर प्रधानमन्त्री के पी ओलीको विगतका गठवन्धन सरकार संग गरेका गठवन्धन प्रतिको विस्वसनियता हेर्दा देउवामा सत्ताहस्तान्तरण हुदैन भनेर देउवाले गाठ बाधे हुन्छ!
एमालेसंग गरिएको गठवन्धनले काग्रेसको संगठन दिन प्रतिदिन खस्कन्दो छ ! प्रधानमन्त्रि के पी ओलीले काग्रेसलाइ कमजोर वनाउने रणनिती लिएका छन ! डा . शेखरले भने जस्तै भोली काग्रेसको प्रतिस्पर्धी दल भनेकै एमाले हो त्यस्तै एमालेको प्रतिस्पर्धी भनेकै काग्रेस हो भनेर प्रधानमन्त्री के पी ओलीको पनि बुजाइ रहेकै छ र यही कारणले काग्रेस लाई सांगठनिक रुपमा कमजोर वनाउने रणनीति कै उपज हो काग्रेस भनेकै देउवा भन्नु !
लोकतान्त्रिक सरकार मा सरकार संचालनका लागी संयन्त्र वनाएर सरकार चलाउने अभ्यास हुनु नै लोकतन्त्र कमजोर वनाउनु हो ! जस्को आवस्यक र ओचित्य नै छैन ! अझ प्रधानमन्त्री एक कदम अगाडी बडेर शुशाशन आयोग गठन गर्नु संयन्त्र को ओचित्य सकिएको सन्देस हो भनेर के पी ओली ले भने जस्तै देउवा काग्रेस ले बुज्ने हो की?

अव पनि काग्रेस गठवन्धनमा वसिरहन्छ?

प्रधानमन्त्री के पी ओली ले काग्रेस भनेकै देउवा हो भन्दै काग्रेसीलाई जोडदार चडकन , थप्पड लगाएका छन , गालामा उन्को पंजाको छाप नहेला तर सबै काग्रेसी हृर्दयमा नराम्रो चोट लागेको छ!काग्रेस भित्र यस्को जवाफ खोजिनु पर्छ ! र जवाफ गठवन्धन तोडेर दिनु पर्ने काग्रेसको दाइत्व भित्र पर्छ !
यो दायित्व अव सभापति देउवाको काधमा आएको छ ! देउवाले काग्रेस भनेको देउवा होइन काग्रेस भनेको काग्रेस नै हो भनेर अहिलो धमिलो र अस्पस्ट भएको काग्रेसलाइ उज्यालो र सांगठनिक रुपमा चम्किलो वनाउने काम देउवाले गठवन्धन तोडेर सम्पुर्ण काग्रेसको मानमर्दन हुन बाट वचाउनु पर्छ !
दुइ दलिय गठवन्धन जोगाउन र प्रधानमनत्री पदलाइ हेरेर कुरेर एक अर्काको बचाव र संरक्षण गरिरहने प्रवृतीले नै शुशाशन भितामा पुगेर भ्रष्टचार र विचौलियाहरु देखिने गरि अग्रपॅक्तीमा छन !
गभर्नरको नियुक्ति गर्न नसकेर दुई दलिय सकितिशाळी सरकार निरिह र कमजोर देखिन थालेको छ ! गभर्नर यौटा पद मात्रै होइन रहेछ गभर्नर को कान कर्तव्य र अधिकार हेर्ने र मनन गर्ने हो भने यौटा हिन्दि फिल्म को गित याद आउछ “पर्दे के पिछे क्या है “ त्यस्तै गभर्नर को पछाडी केछ ? यही रहस्यले अहिले सम्म गभर्नर नियुक्ती गर्न सकेका छैन ! अनि शुशाशन कहाबाट हुन्छ त?
भोलि गठवन्धन सरकारको मुल्यांकन हुदा सबै भन्दा ठुलो क्षति लोकतान्त्रिक दल भनेर चिनिएको र ईतिहास वनाएको काग्ग्रेसलाइ नै क्षति पुग्ने देखिन्छ !

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x