१ श्रावण २०८३, शुक्रबार

काठमाडौँ जिल्ला अदालतको आदेशको ८ बुँदामा

एसीपी संवाददाता

३ माघ २०८१, बिहीबार १५:५० मा प्रकाशित

•प्रतिवादी (रवि लामिछाने) ले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयर खरिद गर्न पाउँ भनी निवेदन दिई सेयर लिएको देखियो
•गोर्खा मिडिया नेटवर्कको सेयरहोल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै प्रतिवादी लामिछानेसमेतको हस्ताक्षर
•हुने गरी ग्लोबल आईएमई बैंकमा खाता सञ्चालनमा ल्याएको पाइयो
•लामिछाने प्रबन्ध निर्देशक भएका बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा मिडिया नेटवर्कको खातामा सहकारीबाट रकम आएको देखियो
•लामिछाने र गितेन्द्रबाबु राईका नाममा सहकारीमा खाता खोली चारपांग्रे ऋण शीर्षकमा ४६ लाख ९८ हजार र ‘इको सेभन सिटर लोन’ शीर्षकमा ४६ लाख ४८ हजार लिएको देखियो
•लामिछानेको हस्ताक्षरबाट काटिएका चेकबाट ९० लाख १६ हजार ६ सय ६० रुपैयाँ स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको देखियो
•गोर्खा मिडिया नेटवर्कको खाताबाट लामिछानेको एकल हस्ताक्षरमा विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्ने अवस्था देखिएन
•मुद्दाका सिलसिलामा प्रमाण परीक्षण गर्दै जाादा ठहरेबमोजिम हुने गरी पुर्पक्षको प्रयोजनका लागि ६० लाख रुपैयाँ धरौटी लिई तारिखमा राख्नू ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x