१ श्रावण २०८३, शुक्रबार

कुनै भुभागमा पहिलादेखि बसाेबास गर्दै आएकाे समुदाय आदिवासी हाे

एसीपी संवाददाता

१४ आश्विन २०८१, सोमबार २१:१७ मा प्रकाशित

बिक्रम मणि त्रिपाठि –  प्रज्ञा वृहद नेपाली शब्दकाेशमा भएकाे आदिवासीकाे परिभाषा अनुसार कुनै भुभागमा पहिलादेखि बसाेबास गर्दै आएकाे समुदाय आदिवासी हाे । तराईकाे ईतिहास तथा उत्खननले यहाकाे अवधी, मैथिली, भाेजपुरी, बज्जिका लगायतका मातृभाषी मधेशी समुदाय तराई मधेश क्षेत्रकाे आदिवासी भएकाे देखाउछ, तर सरकारद्वारा मनाउन आरम्भ हुन गइरहेकाे आदिवासी भाषा दशकमा जनजाति समुदायमा बाेलिने भाषालाई मात्रै आदिवासी भाषा मानेर आदिवासी भाषा दशकका कार्यक्रमहरू अगाडि बढाउन गइरहेकाे छ । भाषाकाे छनाेटकाे अधिकार पाएकाे भाषा आयाेग समेत तथा मधेशी समुदायकाे भाषा संस्कृतिका क्षेत्रमा काम गर्ने अधिकार पाएकाे मधेशी आयाेगले पनि यस सन्दर्भमा आदिवासी जनजाति आयाेगले सिफारिस गरेका भाषालाई मात्रै आदिवासी भाषा मान्ने मनशायमा छन । साेही अनुसार ती भाषाहरू मात्रै आदिवासी भाषा भएकाे कुरा सिफारिस भइ हाल छनाेट गरिएका भाषाहरू माथि अन्तिम रायसुझावकालागि संस्कृति मंत्रालयले भाषा आयाेगमा पठाएकाे छ । यस स्थितमा तपाइकाे राय अनुसार हामी अवधी, मैथिली लगायतका भाषाभाषीले आदिवासी भाषा दशक सन्दर्भमा कसरी अगाडि बढ्नु पर्ने हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x