२ श्रावण २०८३, शनिबार

कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु

एसीपी संवाददाता

३० कार्तिक २०७७, आईतवार ०४:३९ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । भजनी नगरपालिका ८ कैलालीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारकै क्रममा गएराती १०ः५० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको समाजिक संजाल फेसबुकबाट

लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र क्षयरोगबाट पीडित ती पुरुषलाई कात्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उनले टिकापुर अस्पतालमा कात्तिक २१ गते कोरोना परीक्षणका लागि नमुना दिएका थिए । कोरोना पुष्टि भएपछि उनी २८ गतेसम्म होम आइसोलेसनमा बसेका थिए ।

तर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई २८ गते साँझ भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x