कोरोना विरुद्धको अभियान भारतले छिमेकी मुलुक सङ छलफल गरिने
नेपाल भारत बिच कोरोना विरुद्ध संचालन रहेको खोप अभियान बारे थप छ्लफल हुने भएको छ । अहिलेसम्म भारतले नेपाललाई कोरोना विरुद्धमा १० लाख कोप अनुदान दिएको छ । भारतले बाङ्लादेश , श्रीलंका , भुटान , सहित छिमेकी मुलुक र अफ़्रिकि देशको लागि समेत कोरोना विरुद्धको खोप ३७% सम्म अनुदान दिएको छ । थप पहल शुरु गर्ने योजनाको बारेमा भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् ।
बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन ।
बैठकमा खोप लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा समेत छलफल हुनेछ । भारतले नेपाललगायतका छिमेकी मुलुकहरुलाई अनुदानमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । भारतमा उत्पादन भएको कोरोना विरुद्धको खोप बिश्व भरी दिन सक्ने उत्पादन हुँदै आएको छ । सिरम कम्पनीको कोभीशिल्ड अहिले ब्राजिल सहितको देशमा परिक्षणमा ९० % कारगर साबित भएको छ भने यसको विरुद्ध चीनिया खोप मात्र ५०% मात्र सफलता पाएको छ । धेरै देशहरु भारत कै खोप प्रयोगमा ल्याउने बताएका छन । भारत बाट खोप खरिद गरेका देश भारत सरकारले ३७% सम्म अनुदानमा प्रदान गर्ने बताएको छ ।


