३ श्रावण २०८३, आईतवार

कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार १२:२० मा प्रकाशित

कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका वडा नम्बर ६ का ७८ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आज विहान ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । स्वास्थ्यमा समस्या आए पश्चात् नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो ।

मंसिर १ गते कोरोना पुष्टि भएका उनलाई २ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको आज विहान मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x