२ श्रावण २०८३, शनिबार

कोरोना संक्रमित ३ जनाको मृत्यु

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार ०२:५७ मा प्रकाशित

धनगढीमा बुधबार कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा एक र दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा डोटी केआईसिह गाउँपालिका ४ का ५० वर्षीय पुरुषको बुधबार दिउँसो ४ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप सिंह श्रेष्ठले जानकारी दिए । रगतमा इम्फेक्सन समस्याले र्तिक ३ गते सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना गरी कोभिड परिक्षणको थ्रोट स्वाब लिइएको थियो । ४ गते मंगलबार उनमा कोरोना पुष्टि भएको थियो । डोटीबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि थिए ।

प्रधानमन्त्री ओलीको हारका मुख्य कारण

नेकपा कर्णाली विवाद : झनै पेचिलो

अर्का वडा नम्बर २ का ६५ वर्षे पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति नै सेती अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । ती पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो ।

मंगलबार राति नै भारतको लखनउमा धनगढीका ६० वर्षीय व्यापारीको उपचारका क्रममा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएपछि आफन्तले उपचारका लागि लखनउ लगेका थिए । त्यहाँ आईसियुमा राखेर उपचार भइरहेको थियो ।

सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x