गच्छदारको सम्पत्ति रोक्का , विष्णु पौडेललाई पुरस्कृत कसरी
ललिता निवासले चर्चेको बालुवाटारको जग्गा अतिक्रमण काण्डमा सरकारले प्रतिपक्षीलाई ऐन र सत्तालाई चैनको नीति अख्तियार गरेको छ । जसअन्तर्गत नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।
सत्तारुढ नेकपाका विष्णु पौडेललाई पुरस्कृत गरेर अर्थमन्त्री बनाइएको छ । अझ रोचक कुरा त के छ भने गच्छदार मन्त्रिपिरषदको नीतिगत निर्णयमा मात्रै सहभागी भएका हुन् ।
तर जग्गा अतिक्रमण गरेर भोगचलन नै गरेका विष्णु पौडेललाई भने उन्मुक्ति दिइएको छ । नीतिगत निर्णयमा मुछिएका माधव नेपाल समेत चोखिइसकेका छन् । तर प्रतिपक्षि भएकै कारण नीतिगत निर्णयमा सहभागी भएपछि गच्छदारविरुद्ध सरकारले अख्तियारलाई लगाएर प्रतिशोध साध्ने काम गरिरहेको छ ।
सरकारका कारण कोरोनाले बिकरान रुप लिदै-भट्टराई
चीनको बेल्ट एण्ड रोड परियोजना,इटाली संकटमा परेको अभिव्यक्ति
त्यतिमात्रै होइन प्रधानमन्त्री केपी ओली मातहत रहेको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले गच्छदारको सबै सम्पत्ति नै रोक्का गरिदिएको छ । सम्पत्तिको वैधता नदेखिएको देखाएर गच्छदारमाथि सत्ता पक्षले प्रतिशोध साँधेको हो ।
जबकी आफ्नै पार्टीका ठूलादेखि साना नेतासम्मलाई भने ओलीले सहजै जोगाइरहेका छन् । ७० करोड घुस काण्डमा मुछिएका गोकुल बास्कोटालाई उनले काँधमै हालेका छन् । आजकल बाँस्कोटासँग अख्तियार पनि डराउने गरेको छ ।
घरमै जी हजुर गर्दै वयान लिइरहेको छ । यस्तो कांग्रेस नेतामाथि भने नभएको कुरा जोडेर दुस्ख दिनु प्रतिशोध साँध्ने काम भएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन् । नेपालपानाबाट



