३२ असार २०८३, बिहीबार

गणतन्त्र दिवसको अवसरमा अन्तरक्रिया

एसीपी संवाददाता

१७ जेष्ठ २०८२, शुक्रबार ११:३० मा प्रकाशित

नेपालगन्ज/गणतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाले बिहिबार नेपालगन्जमा अन्तरक्रिया गरेको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले मुलुकको विकास र समृद्धिको नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताए । केन्द्रीय सचिब शाहले गणतन्त्र स्थापनामा नागरिक समाजको भुमिका अग्रणी भएको बताउदै गणतन्त्रको संस्थागत विकासका लागी सबै सचेत भएर लाग्नु पर्ने बताए ।
कार्यक्रमका सहभागिहरुले नागरिक समाजहरुलाइ काम गर्ने वातावरण राम्रो नभएको बताउदै नागरिक समाजमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व उपाध्यक्ष निर्मला सुनार, पुर्व सचिब सुर्यलाल यादव, शाखा उपाध्यक्ष मन भण्डारी लगायतले बोलेका थिए ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका सचिव रमेश सिटौलाले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघमा आवद्ध भएका नयाँ संस्थाहरुलाइ आवद्धता प्रमाणपत्र वितरण गरिएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x