गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण
नेपालगंज – नेपालगंज उप-महानगरपालिका ८ नम्बर वडा का शहरी स्वास्थ्य केन्द्र को आयोजना र नेपालगंज उप-महानगरपालिका वडा नं. ८ कार्यालयको सहयोग मा आज विहीवार १००० दिन भित्रका गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरेको छ ।

वडा नं. ८ का अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षता र ८ नम्बर वडा का शहरी स्वास्थ्य केन्द्र को कार्यालय प्रमुख केशव राज पौडेलको उपस्थितिमा सविना राई , गुडिया केवट , महेक सलमानी , इसरत क़ुरैशी , मालती केवट , नेहा खान , रेशमा खान ,उसमा कसगर , इसा कसगर लगायत ५० जाना गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएको हो । प्रत्येक वर्ष ५० जाना लाई १००० दिन भित्रका गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गर्ने अध्यक्ष बाजपेयीले जानकारी दिनुभयेको छ ।

वडा नं. ८ का अध्यक्ष रजनीश बाजपेयीले समाजिक कार्य योगदान गर्दै आएका छ्न । कार्यालय बाट शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउदै आएका छ्न ।



