१ श्रावण २०८३, शुक्रबार

गहुँ निर्यात बन्द गरेको भारतले नेपाललाई दियो 2 लाख टन गहुँ

एसीपी संवाददाता

२३ पुष २०८१, मंगलवार १२:५६ मा प्रकाशित

गहुँ निर्यात बन्द गरेको भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्ने अनुमति दिएको छ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारको आग्रहमा भारत सरकारले सो अनुमति दिएको उल्लेख गरेका छन् ।
भारतले आफ्नै देशमा खपत अपुग भएको भन्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।
नेपालको हकमा विशेष व्यवस्था गरेर २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको राजदूतले जनाएका छन् ।
नेपालको आन्तरिक उत्पादनले गहुँको माग धान्न नसकेको कारण सरकारले भारतसँग आग्रह गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x