१ श्रावण २०८३, शुक्रबार
गिरिबन्धु टी- इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सक्रिय
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टी- इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।
मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए ।
उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताए ।
Subscribe
Login
0 Comments



