३२ असार २०८३, बिहीबार

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन

एसीपी संवाददाता

२२ फाल्गुन २०८१, बिहीबार १३:३४ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

विहीबार बिहान गरिएको सरुवा अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । त्यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ ।

सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।नेपालप्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x